७ माघ २०८१, सोमबार

खेलमा हारे पनि नेपालीले जितेको ट्वान्टी–२० को सुरुवाती चरण

प्रकाशित मिति :  5 June, 2024 12:03 pm


काठमाडौँ । मंगलवारको नेपालको मध्यरात, अमेरिकाको मध्य दिन । नेपाली क्रिकेटप्रेमीहरुले देखाएको अभूतपूर्व एकताले खेलमा हारे पनि समग्रमा नेपालले जितिरहेको अवस्थाको रुपमा विश्लेषण गरिएको छ ।

मंगलबार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा शुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित भएको हो।

दोस्रो पटक विश्वकप खेलेका सोमपाल खेलाडी कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

‘“यो हारबाट दबाबमा छैनौं । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं । सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं । आज हार व्यहो-यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’’ तिब्र गतिका बलर सोमपालले भने।

सोमपालको जस्तै विश्वभर छरिएर रहेका नेपालीको पनि मनोबल उच्च देखिएको छ । खेल भइरहँदा अमेरिकाको रंगशाला किर्तिपुरको जस्तो झल्को दिएको धेरैले प्रतिक्रिया दिइरहका थिए भने यता टुँडिखेल भरिभराउ हुनु पनि अर्को एकताको संकेतको रुपमा लिइरहेको छ ।

आइसीसी अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको फेसबुक पेजबाट बुधवार बिहान नेपालको टुँडिखेलमा स्क्रिनमा खेल हेरिरहका नेपाली र अमेरिका डलासको रंगशालामा नेपालीहरुको फोटो जोडेर पोष्ट गर्दै अभूपूर्व नेपाली एकताको प्रशंसाले थप उचाइ थपेको छ ।

आगामी खेलहरुमा नेपाली खेलाडीको मनोबल उच्च राख्न यो एकताले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तस्बिरहरूः निरू अर्याल/अमेरिका



प्रतिक्रिया दिनुहोस !