७ माघ २०८१, सोमबार

काठमाडौँ उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौंः प्रमुख सचेतक परियार

प्रकाशित मिति :  5 June, 2024 1:32 pm


काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौँ उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन् ।

बुधवार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौँ उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् ।

मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो । उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए ।

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकि रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !