२२ पुस २०८१, सोमबार

घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैनः सांसद खतिवडा

प्रकाशित मिति :  5 June, 2024 2:26 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रश्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१\०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने हरेक बजेट राजश्व संकलन,वैदेशिक सहयता लगायतमा लक्ष्य अनुरुप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताए ।

उनले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताए । सांसद खतिवडाले मुलुक ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताए । उनले भविष्यमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था रही रहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौति रहेको बताए ।

उनले ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारी बोक्ने खच्चडलाई पनि कर लाग्ने होकी भन्ने समस्या सिर्जना भएको टिप्पणी गर्दै सरकारको यतातिर पनि ध्यान जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !