चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप
काठमाडाैँ । चुरे तथा वनजंगल संरक्षणका लागि सप्तरीबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौँ आएका नागरिकहरूले सरकारले चुरे संरक्षणमा राज्यले बेवास्था गरेको आरोप लगाएका छन् ।
चार दिन यता काठमाडौँ लक्षित आन्दोन गरिरहेका उनीहरूले अहिलेसम्म सरकारले कुनै चासो नदिएको गुनासो गरे । माइतीघरमा बुधवार आन्दोलनका क्रममा उनीहरूले विश्व वातावरण दिवसको दिन सरकार र राजनीतिक दलका नेताहरूले विभिन्न प्रतिवद्धता जनाएपनि झुटो मात्रै भएको बताए । वातावरणको संरक्षण गर्नुपर्छ भन्ने तर चुरे संरक्षणका लागि १४ दिन यता काठमाडौंमा प्रदर्शन गरिरको प्रदर्शनकारीहरूको आवाज सरकारले नसुनेको बताए ।
उनीहरूले स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकारलाई चुरे संरक्षण्का लागि बारम्बार आग्रह गरेको भएपनि सरकारले आफूहरूको आवाज नसुनेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए ।
उनले चुरे तथा वन जंगल संरक्षण अभियान एक जनाको मात्रै अभियान नभएकाले सबै मिलेर चुरे संरक्षणमा लाग्नुपर्ने बताए । उनले प्राकृतिक श्रोत साधनको संरक्षणका निम्ति आवाज उठाउने नागरिकहरूको आवाज सरकारले नसुनेको बताए ।
चुरे तथा वन जंगल संरक्षण अभियानको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले चुरे संरक्षणका लागि आन्दोलनरत पक्षहरुको आवाज सरकारले नसुन्नु दुःखको कुरा भएको बताए ।
उनले पर्यावरण, जलवायुु परिवर्तनकाबारेमा कोही पनि संसदमा नबोल्नु र सरकारले बेवास्ता गर्नु दुःदको विषय भएको बताए । उनले चुरे दोहन गर्नका लागि बजेट ल्याइने तर संरक्षणका लागि केही नभएको बताए ।
उनीहरूले सरकारले वातावरण दिवसको दिन नै चुरे संरक्षणकर्मीहरूको आवाज नसुनी भाषणामा सिमित हुने काम गरेको बताए ।
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरूको फोटो प्ललेकार्डमा राखेर सरकार र नेताहरू हराएको सांकेतिक बिरोध गरेका छन् । उनीहरूले २५ दिन हिँडेर, १४ दिन धर्नामा, सरकार कता ? भन्ने जस्ता प्लेकार्डह बोकेर बिरोध जनएका छन् ।