कोशी र बागमतीमा बिहानैदेखि खण्डवृष्टि, कहाँ कहाँ हुँदैछ हावाहुरी सहित वर्षा?
प्रकाशित मिति : 6 June, 2024 6:52 am
काठमाडौँ। बिहीवार बिहानीपख कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदुरपश्चिम,कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।