७ माघ २०८१, सोमबार

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची

प्रकाशित मिति :  6 June, 2024 7:01 am


काठमाडौँ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीवार बिहान ११ बजे बस्ने भएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)‘को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्ने भएका छन्।

सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने तथा ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्ताव गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !