७ माघ २०८१, सोमबार

देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी

प्रकाशित मिति :  6 June, 2024 8:17 am


काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाललाई आर्थिक रुपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताएका हुन् ।

जलस्रोतमा लगानी गर्नुपर्ने र सिमान्तकृत वर्गलाई जलस्रोतको शेयर दिनुपर्नेमा जोड दिँदै भण्डारीले कृषिलाई बढावा दिनुपर्ने र आइटीको हब बनाउनसके रोजगारी सिर्जना हुने पनि जनाए।

सांसद भण्डारीले विदेशमा रहेका युवाहरुको पैसा बैंकमार्फत ल्याएर जलस्रोत, पर्यटन, सडक तथा सुरुङमार्गमा शेयर दिनुपर्ने बताए। कुनै प्रकारको ऋण भने लिनु नहुने तर्क उनको छ ।

भण्डारीले भने, “विदेशमा रहेका युवा, युवतीहरुको पैसा एउटा बैंकबाट ल्याएर विकासमा लगाइदेउ । जलस्रोतमा, पर्यटनमा, सडकमा, सुरुङमार्गमा शेयर गरिदेउ । नाफा पनि हुन्छ । उनीहरु पनि नेपाल आउँछन् । हामीले कसैको ऋण लिनुपर्दैन ।”

एक वर्षका लागि उद्योग खोल्न लगानीको आयस्रोत देखाउनु नपर्ने व्यवस्था गर्नुपर्ने पनि उनको प्रस्ताव छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !