७ मंसिर २०८१, शुक्रबार

समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सकिँदैनः उपसभामुख राना

प्रकाशित मिति :  6 June, 2024 8:20 am


काठमाडौँ। उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।

चौथो नेपाल आदवासी जनजाति चलचित्र महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालीहरु काम ढिलासुस्ती गर्छन् भन्ने उखान कोट्याउँदै आदिवासी जाति कामहरु बिस्तारै गर्ने किसिमको रहेको जनाउँदै समयानुसार काम गर्न सिक्नुपर्ने बताइन्।

उनले समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताइन् । आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्ने उनको भनाइ ।

राणाले भनिन्, “हामीले समयलाई चिन्नुपर्छ । समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सक्नुहुन्न । विश्वमा प्रसिद्धि कमाउने हो भने आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्छ ।”

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !