७ माघ २०८१, सोमबार

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

प्रकाशित मिति :  6 June, 2024 10:17 am


काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

यसअघि सात महिना पहिले जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानविय क्षति भएको थियो ।



प्रतिक्रिया दिनुहोस !