७ माघ २०८१, सोमबार

लुम्बिनी क्षेत्रको गुरुयोजनाका लागि प्रयाप्त बजेटको व्यवस्था गर्न सांसद घर्तीको माग

प्रकाशित मिति :  6 June, 2024 12:40 pm


काठमाडौँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले धार्मिक पर्यटकीय केन्द्रको रुपमा रहेको गौतमवुद्धको जन्म स्थल लुम्बीनी क्षेत्रको गुरुयोजना निर्माण कार्य बजेट अभावका कारण समयमा सम्पन्न हुँदा अलपत्र परेको भन्दै तत्काल बजेटको व्यवस्था गर्न माग गरेकी छन् ।

उनले विश्व सम्पदा सूचिमा सूचिकृत हुनुका साथै २०७१ सालमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखिएको उल्लेख गर्दै गुरुयोजनाले लिएको लक्ष्य अनुसारको काम सक्न १३ अर्ब लागत लाग्नेमा हालसम्म ७ अर्ब मात्रै बजेट गएको बताईन् ।

उनले भनिन्,“ धार्मिक पर्यटकीय केन्द्रको रुपमा रहेको गौतमवुद्धको जन्मस्थल लुम्बीनी क्षेत्रको गुरुयोजना निर्माण कार्य बजेट अभावका कारण समयमा सम्पन्न हुँदा अलपत्र परेको छ ।”

गुरुयोजनाले लिएको लक्ष्य अनुसारको काम सक्नु १३ अर्ब लागत लाग्नेमा हालसम्म ७ अर्ब मात्रै बजेट गएकाले २०८०/८१ मा सकिनुपर्ने भए पनि अझै निर्माण कार्य सम्पन्न गर्न धेरै बाँकी रहेको भन्दै सांसद घर्तीले गुरुयोजना अनुसारको निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने बजेट तत्काल व्यवस्थाका लागि सरकारसँग माग गरिन् ।



प्रतिक्रिया दिनुहोस !