६ माघ २०८१, आइतबार

रोल्पाको होलेरीमा यसवर्षको हाटबजार जेठ ३० गतेदेखि

प्रकाशित मिति :  6 June, 2024 1:09 pm


रोल्पा । रोल्पाको होलेरीमा सञ्चाल हुदै आएका होलेरी कृषि हाटबजार फेरी सञ्चालनमा आउने भएको छ ।

लामो समयदेखि बन्द रहेको हाटबजार गत आर्थिक वर्षबाट रुन्टीगढी गाउँपालिका र बिभिन्न गैर सरकारी संघ सस्थाको आर्थिक तथा प्राबिधीक सहयोगमा हाटबजार सञ्चालनमा आउन लागेको हो ।

गत वर्ष ५० करोड रुपैयाँ बराबरको तरकारी बिक्री गर्ने लक्ष्य राखिएको भए पनि हाटबजारबाट १३ करोडको मात्र कारोबार भएको होे ।

हाटबजार लागेको पहिलो वर्ष भएको र सिजन भन्दा केही ढीलो गरि हाटबजार लगाइएको हुदा लक्ष्य अनुसारको कारोबार नभएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । उनले भने,“बन्द भएको धेरै समयपछि सञ्चालन भएको हाटबजार भएको हुदा केही चुनौतिका थिए तर चुनौति हुदा हुदै पनि चुनौतिकै बीचबाट हाटबजार सफल भएको थियो ।”

तरकारी उत्पादन कम र सिजन सकिएको हुदा केही समय हाटबजार बन्द गरिएको थियो । तरकारी हाटबजार बन्द गरिए भए पनि उक्त हाटबजारबाट खसी बोका हाटबजार सञ्चालन हुदै आएको थियो ।

यस आर्थिक वर्ष २०८१ को हाटबजार यही जेठ ३० गतेबाट लाग्ने होलेरी कृषि हाटबजार सञ्चालक समितिका अध्यक्ष चन्द प्रकाश महराले जानकारी दिए । साथै उनले तरकारी सङ्कलनका लागि स्टल लिन चाहाने ले जेठ २७ गतेसम्म सम्र्पक गर्न सक्नेछन् ।

समितिको नियम बिपरित कुनै किसान वा व्यापारीले हाटबजार भन्दा बाहिरबाट तरकारी किनबेच गरे १५ हजार जरिमाना गरिने समेत जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !