२७ पुस २०८१, शनिबार

लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

प्रकाशित मिति :  6 June, 2024 1:21 pm


काठमाडौँ । नेकपा (एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन्। उनले सगरमाथा घुम्न जाने पर्यटकहरुले यही विमानस्थलको प्रयोग गर्ने भन्दै एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको बताए ।

उनले पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रूपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताए । उनले सरकारले कृषि क्षेत्र र जलविद्युतको क्षेत्रलाई पनि प्राथमिता दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !