एक महिनाभित्रै दोस्रोपटक त्रिभुवन विमानस्थलकाे धावनमार्ग ‘क्रयाक’
प्रकाशित मिति : 6 June, 2024 6:01 pm
काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धवनमार्गमा समस्या आएको छ ।
एक महिनामै विमानस्थलको दोस्रो पटक धावनमार्ग ‘क्रयाक’ भएको हो । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले धावनमार्गमा क्र्याक देखिएको र मर्तत कार्य भइरहेको जनाएको छ ।
यसअघि जेठ ११ गते पनि धावनमार्गमा क्रयाक भएको थियो । धावनमार्गमा समस्या आएपछि उडान प्रभावित भएको छ ।