त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतपछि विमानस्थल पुन : संचालनमा
प्रकाशित मिति : 6 June, 2024 6:48 pm
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा परेको प्वाल मर्मत गरेपछि विमानस्थल पुन संचालनमा आएको छ ।
विमानस्थलको धावनमार्गमा प्वाल परेको कारण डेढ घण्टा उडान प्रभावित भएको थियो । विमानस्थल खुलेपछि आकाशमै होल्ड भएका आन्तरिक तथा बाह्य उडानहरु अवतरण हुन थालेका छन्।
एक महिनामै विमानस्थलको दोस्रो पटक धावनमार्ग ‘क्रयाक’ भएको हो । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले धावनमार्गमा क्र्याक देखिएको र मर्तत कार्य भइरहेको जनाएको छ ।
यसअघि जेठ ११ गते पनि धावनमार्गमा क्रयाक भएको थियो । धावनमार्गमा समस्या आएपछि उडान प्रभावित भएको छ ।