२२ पुस २०८१, सोमबार

प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

प्रकाशित मिति :  7 June, 2024 11:56 am


काठमाडाैँ ।प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताएका छन् ।

शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरू प्रदेशलाई तारो बनाएर, प्रदेश चाहिँदैन भन्ने भ्रम जनातामा छरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिहरेको बताए ।

उनले सबैको प्रयास सकेसम्म प्रदेश, स्थानीय तहलाई बलियो बनाएर सबै ठिक छ भन्ने प्रमाणित गर्नुपर्नेमा रहनुपर्ने बताए । उनले अहिलेको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बलियो बनाउने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने पक्षमा एउटा र अर्को प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजानेमा उद्धत रहेको बताए ।

प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !