राप्ती साहित्य परिषद्को ४७ औँ स्थापना दिवसमा विभिन्न स्रष्टा तथा संस्थाहरू पुरस्कृत
दाङ । राप्ती साहित्य परिषद्ले ४७ औँ स्थापना दिवसको अवसरमा विभिन्न २१ स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत एवं सम्मान गरेको छ ।
घोराही उपमहानगरपालिकाको हलमा आज भएको कार्यक्रममा परिषद्ले सहित्यिक क्षेत्रमा योगदान पुराएका विभिन्न २१ स्रष्टा तथा संस्थालाई पुरस्कृत एवं सम्मान गरेको हो ।
परिषदले डोमादेवी साहित्य पुरस्कारबाट रोल्पा नगरापलिकाका पूर्व मेयर पुरण क्षेत्री, पद्याकुल हास्यव्यङ्य पुरस्कारबाट रोल्पाकै नारायण आचार्य, राप्ती सहित्य पुरस्कारबाट रुकुम पूर्वका डा. दीपक गौतम, नन्दहरि साहित्य पुरस्कारबाट प्युठानका लोकेन्द्र जिसी, देवीचन्द्र साहित्य पुरस्कारबाट दाङका पुनाराम कार्यावरिक्का, पुरस्कृत भएका छन् ।
यस्तै अपामुकुन्द प्रज्ञा पुरस्कारबाट रुकुमपूर्वका कमानसिंह विष्ट, गोपालचन्द्र प्रज्ञा पुरस्कारबाट प्युठानका बिमला खनाल, हरिप्रसाद—मीना पाण्डेय कला सहित्य पुरस्कारबाट दाङदेउखुरीका तेजप्रसाद खनाल, खोविलाल हुकुमादेवी छन्द पुरस्कारबाट दाङ्की राधिकादेवी शर्मा आचार्य पद्यप्रसाद-रूपसा प्रज्ञा पुरस्कारबाट दाङका राजेन्द्र श्रेष्ठ पुरस्कृत भएका छन् ।
परिषदले पण्डित कपिलमुनि भक्तकुमारी साहित्य पुरस्काबाट सल्यानका खुमराज बस्नेत, तिलका तुल्सीराम आचार्य स्मृति पुरस्कारबाट नवरपरासी पश्चिमका डा. घनश्याम ‘परिश्रमी’, चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्काबाट दाङका मधुसूदन पौडेल, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कारबाट रुकुम पश्चिमका छबिलाल खड्कालाई पुरस्किृत गरेको छ ।
कार्यक्रममा विभिन्न पुरस्कारबाट विभिन्न जिल्लाका स्रष्टा र संस्थाहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने स्रष्टा र संस्थाहरू