२२ पुस २०८१, सोमबार

ओलीको स्पष्टिकरणः एमालेलाई समाप्त हुन नदिन संसद विघटन गर्नुपर्‍यो

प्रकाशित मिति :  8 June, 2024 7:00 pm


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताएका छन् ।

अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताए । पार्टीका काठमाडौँ जिल्ला कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरे ।

दक्षिणपन्थी शक्तिहरुको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरुलाई बुझाईसकेको अवस्थामा हुने ओलीको भनाई थियो । उनले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई बचाउन प्रतिनिधि सभा विघटन गरेको भएपनि कतिपय पार्टी भित्रकै मान्छेले कुरा नबुझेको गुनासो पनि गरे ।

अध्यक्ष ओलीले हरेक क्षेत्रमा आफूले सरकारको नेतृत्व लिएर राम्रो काम गरेपनि तत्कालीन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीहरुको पाउमा बुझाउने काम गरेको जिकीर पनि गरे । 

अध्यक्ष ओलीले पार्टीले मिनि–२०८४ लाई सफल बनाउने लक्ष्य लिएको र त्यसलाई सार्थक बनाउनका लागि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !