सञ्चारमन्त्री शर्माको स्वस्कारोक्तिः मुलुक वैदेशिक ऋणको भरमा चलिराखेको छ
प्रकाशित मिति : 8 June, 2024 7:03 pm
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गरेकी छन् ।
शनिवार काठमाडौँमा आयोजित सामाजिक अभियन्ताहरूको राष्ट्रिय भेलामा बोल्दै उनले सो कुरा बताएकी हुन् । मन्त्री शर्माले राष्ट्र र जनताको हितमा हुनेगरी मात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघ, संस्थालाई पनि सचेत गराइन् । उनले सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको पनि बताइन् ।
मन्त्री शर्माले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी पनि गरिन् । उनले उत्पादन वृद्धि हुनेगरी सहायता रकम परिचालन गर्न पनि सामाजिक संघ, संस्थालाई निर्देशन दिइन् ।
मन्त्री शर्माले समाज कल्याण परिषदले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनैपनि सहायता लिन नहुने स्पष्ट पारिन् ।