सामना परिवार लुम्बिनी प्रदेशद्वारा समाजवादका लागि रोल्पामा जनसंगीत अभियान सुरु
प्रकाशित मिति : 8 June, 2024 8:43 pm
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सामना परिवार लुम्बिनी प्रदेशले समाजवादका लागि भन्दै लुम्बिनी प्रदेशको जनसंगीत अभियान सुरु गरेको छ ।
सामना परियारले २०८१ जेष्ठ २५ गते रोल्पाको जुँगार नेर्पा बजारमा साँस्कृतिक कार्यक्रम गरेर अभियान सुरु गरेको छ ।
परिवारले जेठ २७ गते माडी गाउँपालिकाको घर्तीगाउँमा र २९ गते परिवर्तन गाउँपालिकाको बागमारा बजारमा सामनाले आफ्नो सांस्कृतिक कार्यक्रम देखाउने छ ।
देवराज सीले नेतृत्व गरेको सामाना साँस्कृतिक परिवार लुम्बिनी प्रदेशले रोल्पाका बिभिन्न बस्तीहरूमा असार १५ सम्म साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने भएको छ ।