३१ भाद्र २०८१, सोमबार

भीरकोट नगरपालिकाले बाड्यो पितृको नाममा ४५ हजार ७ सय रुपैयाँ

प्रकाशित मिति :  12 June, 2024 7:09 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले पितृकाे नाममा ४५ हजार ७ सय रुपैयाँ भत्ता भुक्तानी गरेको पाइएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले पाँच जना सेवाग्रहीको नाममा मृत्युपछि पनि चौमासिक १२ हजार रुपैयाँको दरले भत्ता वितरण गरेको पाइएको हो ।

समाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ का अनुसार सामाजिक सुरक्षा पाउने व्यक्तिको मृत्यु भएका लाभग्राहीलाई भत्ता पाउने सूचिबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था छ ।

पालिकाले मृत्यु भएका व्यक्तिको मृत्यु पश्रात पनि भत्ता निकास गरेकोले उक्त भत्ता असुल गरि संघीय संञ्चित कोषमा दाखिल गर्न महालेखाले निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !