८ मंसिर २०८१, शनिबार

पूर्वी तराइमा मनसुनको आँशिक प्रभाव, मध्य र पश्चिमी तराइमा तातो हावा

प्रकाशित मिति :  12 June, 2024 7:02 am


काठमाडौँ। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बुधवार बिहानीपख कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मध्य तथा पश्चिमी तराइमा भने अत्यधिक कर्मी कायम रहने देखिएको छ । विभागले प्रकाशन गरेको बुलेटिनका अनुसार बुधवारसम्म पनि यस क्षेत्रमा तातो हावा र तातो लहर को सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !