६ माघ २०८१, आइतबार

राष्ट्रपति जेनेभा प्रस्थान

प्रकाशित मिति :  12 June, 2024 7:19 am


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डाको जेनेभा प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी जेनेभा प्रस्थान गरेका हुन्।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा मन्त्रीहरु पुगेका थिए।

राष्ट्रपति पौडेलले बिहीवार सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्नुहुने बताइएको छ ।

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !