६ माघ २०८१, आइतबार

दाङबाट काठमाडौँ जाँदै गरेको बस सालझन्डीमा दुर्घटना, ४३ घाइते

प्रकाशित मिति :  12 June, 2024 8:04 am


काठमाडौँ। दाङबाट काठमाडौं जाँदै गरेको बस रूपन्देहीको सालझण्डीमा दुर्घटना भएको छ । मंगलवार राती ११ः५० मा भएको दुर्घटनामा चालक सहित ४३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेकाे रा १ ख २७८३ नम्बरको बस सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर रोकिएको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थिाये ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए।

घाइतेहरूलाई हिराचन्द्र हस्पिटल सालझण्डी र बुटवलस्थित हस्पिटल बुटवल र एडमनसिटि हस्पिटलमा उपचारका लागि लगिएको थियो । घाइतेको अवस्था अनुसार डिस्चार्जसमेत भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !