८ मंसिर २०८१, शनिबार

राप्ती गाउँपालिकाका एक सय महिलाले लिए तीन महिने सिलाइकटाइ तालिम

प्रकाशित मिति :  12 June, 2024 8:12 am


मसुरीया, दाङ। दाङको राप्ती गाउँपालिका वडा नं २ लालमटिया तीन महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । एक सय जना महिलाले तीन महिने सिलाई कटाई तालिम लिएका हुन् ।

राप्ती गाउँपालिका वडा नं २ को सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएको हो ।

राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष पहलवान चौधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले गाउँपालिकाका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशका साथ पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै जानकारी गराउँदै सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न अनुरोध गरिन्।

गाउँपालिकाका प्रवक्ता चौधरीले बेरोजगार महिला दिदीबहिनीहरुलाई सिलाई कटाई तालिम प्रदान गरि स्वरोजगार बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताए।

अनिता चौधरी र मिना पुन मगर ले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

कार्यपालिका सदस्य रण बहादुर पुजाली, वडा सदस्यहरु टेक बहादुर रावत, मन बहादुर पुन, तुलसा विक, उद्यम विकास सहजकर्ता बीनिता चौधरी लगायतले समापन कार्यक्रममा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !