९ मंसिर २०८१, आइतबार

नियम विपरित वालिङ नगरपालिकाले गर्‍यो २९ लाखभन्दा बढी कर्मचारी प्रोत्साहन भत्ता वितरण

प्रकाशित मिति :  12 June, 2024 2:43 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले कर्मचारी प्रोत्साहन भत्ता वापत २९ लाखभन्दा बढी नियम विपरित वितरण गरेकाे खुलेकाे छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\०८० को प्रतिवेदनमा पालिकाले नगर कार्यपालिकाको निर्णय गरेर अतिरिक्त काम गरे वापत पदिय हिसाबमा वार्षिक २९ लाख ६२ हजार ३३२ रुपैँया बाँडेकाे जनाएकाे छ।

प्रतिवेदनमा भनिएकाे छ, “स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८६ (१) बमोजिम स्थानीय सेवाको गठन, संञ्चालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधा सम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड संघीय कानुन बमोजिम हुने, दफा ८६ (२) बमोजिम अन्य व्यवस्था स्थानीय तहले बनाएको कानुन बमोजिम हुने व्यवस्था छ ।”

प्रोत्साहन भत्ता वापत खर्च गर्दा पालिकालाई आर्थिक व्ययभार बढेको महालेखाले औंल्याएकाे हाे ।

याे पनि:



प्रतिक्रिया दिनुहोस !