६ माघ २०८१, आइतबार
पोखरा महानगरपालिकाको बेथिति

बजेट संरचनामै असर पर्ने गरी अवण्डा बजेटको नाममा करिब ६३ करोड खर्च

प्रकाशित मिति :  12 June, 2024 2:58 pm


काठमाडौं । पोखरा महानगरपालिकाले बजेट संरचनामै असर पुग्ने गरी अवण्डा बजेटको नाममा खर्च गर्ने गरेको छ ।

महालेखा परिक्षक कार्यालयको प्रतिवेदन अनुसार महानगरपालिकाले ६२ करोड ८० लाख रुपैयाँ अवण्डा बजेटको रुपमा खर्च गरेको छ ।

बजेट अवन्डाको रुपमा राखी कार्यपालिकाको निर्णयबाट पटके रुपमा खर्च गर्नाले महानगरपालिकाको बजेट संरचनामै असर परेको महालेखाले जनाएको छ ।

यसरी ठुलो रकम अवण्डा राखेर खर्च गर्ने प्रक्रियामा नियन्त्रण गर्न महानगरलाइ महालेखाले निर्देशन दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय आवश्यकता समेतको आधारमा बजेट तथा कार्यक्रमको प्रथामिकीकरणका आधारमा तयार गरी स्राोत अनुमान तथा सीमा निर्धारणका आधारमा अवण्डा नराखी आयव्ययको अनुमान पेश गर्नुपर्ने व्यवस्था छ । भने अन्तसरकारी वित्त व्यवस्थापन ऐन २०७४को दफा २७ मा सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरी सम्बन्धित सभाबाट त्यस्तो बजेट स्विकृत भएपछि मात्रै खर्च गर्नुपर्ने उल्लेख छ ।

तर, महानगरले भने उक्त वर्षमा कार्यक्रम नतोकी मेला महोत्सवदेखि पोखरीघाट खोलाको नाममा ६२ करोड ८० लाख ३९ रुपैयाँ अवण्डा बजेट राखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महानगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियाे।

अवण्डा बजेटकाे नाममा महानगरपालिकाले गरेकाे खर्च विवरण :



प्रतिक्रिया दिनुहोस !