९ माघ २०८१, बुधबार

अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्छः सांसद श्रेष्ठ

प्रकाशित मिति :  12 June, 2024 5:25 pm


काठमाडाैँ । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताएकी छन् ।

बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताएकी हुन् । उनले बजेट कार्यान्वयनको पाटो र जनताले पाएको उपलब्धिको समिक्षा गर्नुपर्नेमा जोड दिइन् । उनले अघिल्लो वर्षको कति बजेट के कारणले गर्दा कार्यान्वयन भन्ने कुरा खोज्नुपर्ने र समस्या पहिचान गर्नुपर्ने बताइन् ।

“बजेट ल्याउनका लागि मन्त्री नै हुनुपर्ने रहेछ, मन्त्री भएपछि मात्रै बजेट आउँदो रहेछ भनेर सांसदहरूले पनि बोल्नुभयो । त्यो महशुस त छ सबैमा । अहिले अलिकति छरिएको छ । मलाई के लागेको भने बजेट पाउने कुरा एउटा पक्षको कुरा भयो । बजेट कार्यान्वयनको पाटो र जनताले पाएको उपलब्धीको पाटो चाहीँ के छ त्यो पनि समिक्षा गर्नुपर्छ,” उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !