८ माघ २०८१, मंगलबार
भीरकोट नगरपालिकाकाे बेथिति

भीरकाेट नगरपालिकाले नियम विपरित क्याम्पसलाई दियाे १५ लाख रुपैयाँ अनुदान

प्रकाशित मिति :  13 June, 2024 11:27 am


कठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले कानुन विपरित दुई वटा क्याम्पसलाई १५ लाख रुपैयाँ अनुदान दिएको खुलेको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरको प्रतिवेदनका अनुसार पालिकाले कालिका बहुमुखी क्याम्पस र दहथुम बहुमुखी क्याम्पसलाई जनही ७ लाख ५० हजारका दरले १५ लाख रुपैयाँ अनुदान दिएको खुलेको हो ।

प्रतिवेदनमा भनिएको छ,“संविधानको अनुसूचीमा संघीयता कार्यान्वयनका सम्बन्धमा तीनै तहका सरकारको कार्यक्षेत्र स्पष्ट उल्लेख गरिएको छ । जसअनुसार अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीमा आधारभूत र माध्यमिक शिक्षा रहेको छ । पालिकाले संविधानले तोकेको अधिकारी क्षेत्रको उल्लंघन गर्दै कालिका क्याम्पस र दहथुम क्याम्पसलाई जनही रु ७ लाख ५० हजारका दरले रु १५ लाख अनुदान दिएको छ ।’’

गत वर्ष २०७८\०७९ काे प्रतिवेदनले समेत दहथुम बुहुमुखी क्याम्पसलाई कार्यपालिकाले निर्णय गरि शिक्षकहरूको तलब भत्ता भुक्तानीको लागि ४ लाख सहायत रकम उपल्बध गरेकाे देखाएकाे थियाे ।

उक्त प्रतिवेदनले पालिकाले गर्ने यस्ताे सहयाेग रकम कुन शिर्षकमा कसरी खर्च भएको र सो समेत एकिन गर्न नसकिने हुदाँ पालिकाले यस्ता प्रकृतिका सहायता दिने कार्यमा नियन्त्रण गर्नुपर्ने औँल्याएपनि पालिकाले पुन क्याम्पसलाई रकम विनियाेजन गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !