६ माघ २०८१, आइतबार

अस्पतालमा घण्टौं लाइन बस्ने सर्वसाधारणको बारेमा सोच्नुपर्छः सांसद बराल

प्रकाशित मिति :  13 June, 2024 12:22 pm


काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको विहीवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद बरालले विहान ९ बजे अस्पतालको टिक काउन्टर खुल्छ भने विहान पाँच बजेदेखि नै लाइनमा बस्ने सर्वसाधारण नागरिकहरु बारेमा सोच्नुपर्ने बताइन् ।

सांसद बरालले ठूला सरकारी अस्पतालमा काउन्टर थपेर भने पनि स्वास्थ्य उपचार सेवा सहज बनाउनुपर्ने बताइन् ।

उनले टिकट काट्न लाइन,रिपोर्ट लिन लाइन अिन डाक्टरलाई रिपोर्ट देखाउन पनि लाइन बस्नुपर्ने प्रणालीलाई सहज बनाउन आग्रह गरेकी हुन् ।

स्वास्थ्य विमा गर्ने नागरिकलाई दोस्रो दर्जाको व्यवहार भइरहेको भन्दै उनले संवेदनशील क्षेत्रको सेवा सहज बनाउन सरकारले तत्काली ठोस कदम चाल्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !