८ मंसिर २०८१, शनिबार

मध्य तथा पश्चिम तराईमा आइतबारसम्मै तातो लहर चल्ने, शुक्रवार र शनिवार कहाँ पर्दैछ पानी?

प्रकाशित मिति :  14 June, 2024 6:43 am


काठमाडौँ। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

शनिवार पनि कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ ।

आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा निरन्तर अत्याधिक गर्मी रहने विभागले जनाएकोछ । आगामी असार २ सम्म तातो हावा र तातो लहर चल्ने विभागले प्रक्षेपण गरेकोछ ।



प्रतिक्रिया दिनुहोस !