२३ भाद्र २०८१, आइतबार

विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

प्रकाशित मिति :  14 June, 2024 7:06 am


काठमाडौँ। जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

काठमाडौंमा हिट एक्शन डे (तातो हावा लु दिवस) को अवसरमा एक कार्यक्रमबीच रेडक्रसले लक्षित वर्गलाई मध्यनजर गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको हो ।

जलवायु परिवर्तनका कारण नेपालका विभिन्न स्थानमा लु बढेको भन्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्शन डेको अवसरमा बोल्दै रेडक्रसले जलवायु परिवर्तनका असरबाट कसरी बच्ने भन्ने उपायहरु आम मानिसमा बुझाउन आवश्यक भएको बताएका हुन्।

कुनैपनि विपद्लाई निमिट्यान्न गर्न नसकिने भन्दै उनले न्युनिकरणका लागि आवश्यक पहल गर्न जोड दिएका हुन्। हिट एक्शनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रस सोसाइटीले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको जनाए।

विश्वव्यापी समस्याको रुपमा रहेको तातो हावा लुको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ छ ।

नेपालले केन्द्र, प्रदेश र स्थानीय तह एवं सम्बन्धित सरोकारवाला निकायहरु मिलेर गएमात्रै समस्याको समाधान हुनसक्नेमा जोड दिँदै रेडक्रकसले स्थानीय तहसँग मिलेर लु लगायत जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आवश्यक काम गरिरहेको जनाए।

उनले तातो हावाको असरबाट बच्न रेडक्रसले आम नागरिकहरुलाई सचेत गराइरहेको जानकारी दिए। तातो हावाबाट बच्न सडकमा खटेका ट्राफिक प्रहरीसहित आम नागरिकलाई पनि सचेतना दिनुपर्ने आवश्यकता रहेको भनाइ नेपालको छ ।

जलवायु परिवर्तनको सबैभन्दा बढी असर विपन्न वर्ग र दैनिक जीवन यापनका लागि दिनहुँ बाहिर गएर काम गर्नुपर्ने मानिसमा परेको उनको भनाइ छ ।

नेपालले भने, “जलवायुसँग हामीले च्यालेन्ज गर्न सक्दैनौँ । न्युनिकरण गर्ने हो । विगतमा भन्दा अहिले हामी धेरे शतर्कता अपनाउने ठाउँमा छौँ । सरकार पनि यसमा छ । सबैको सहकार्यबाट नै यसलाई न्युनिकरण गर्छौं । रेडक्रसले जनतालाई सचेत गराउने हो । त्यो हामीले गरिरहेका छौँ । ”

सचेतना फैल्याउनेहरुलाई पनि जटिलता रहेको भन्दै आफू बँचेर अरुलाई बचाउने काममा लाग्नुपर्ने अवस्थ रहेकाले चिसोपानी, सर्वत पानी र यसबारेमा चेतना अभिवृद्धि गर्नमा जोड दिए।

नेपालले यि कार्यक्रमहरु रेडक्रसले स्थानीय सरकारसँग जोडिेर काम गरिरहेको जानकारी गराए। नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनर, धनगढी र विराटनगरमा सिमान्तकृत समुदाय लक्षित गरी तातो हावाको लहर (लु) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !