२७ पुस २०८१, शनिबार

आज विश्व रक्तदाता दिवसः रक्तसञ्चार सेवालाई व्यवस्थित बनाउन माग

प्रकाशित मिति :  14 June, 2024 12:48 pm


काठमाडाैँ । विविध कार्यक्रमको आायेजना गरी आज विश्व रक्तदाता दिवस मनाइको छ । हरेक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।

सोही अनुसार आज ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरूलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीले पनि काठमाडौँ रक्तदँनका कार्यक्रम आयोजना गरेर विश्व रक्तदाता दिवस मनाएको छ ।

कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत सेवा प्रदान गरिरहेको बताए। उनले कानूनी, संवैधानिक, स्वास्थ्यका मौलिक विषय र अधिकारहरू राज्यको तर्फबाट सुनिश्चित गरिएअनुसार त्यसमा रेडक्रसले पनि सहयोग गरिरहेको बताए ।

उनले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले रक्तसञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताए । उनले नेपाल रेडक्रस सोसाइटीले प्रदर्शनीमार्गस्थित रक्तसञ्चार सेवाहरू प्रदान गरिरहेको बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारले विश्व रक्तसञ्चार नीति आवश्यक परिमार्जन र व्यवस्थित गर्न आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस !