पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छः सांसद सिंह
काठमाडाैँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको आराेप लगाएका छन् ।शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको आराेप लगाएका हुन् ।
उनले जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताउँदै राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने बताए ।
उनले भने, “जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ । राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ ।”
सांसद सिंहले तराईका पछाडी परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रूपमा पु¥याउनुपर्ने बताए ।