२ कार्तिक २०८१, शुक्रबार

सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छः एमाले सचेतक बराल

प्रकाशित मिति :  14 June, 2024 2:46 pm


काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेकपा (.एमाले) की सचेतक सुनिता बरालले पर्यटनसम्बन्धि ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गरेकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो सम्बन्धि ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको बताएकी हुन्।

सचेतक बरालले पर्यटनसम्बन्धि ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरू केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताइन् । उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी नभएको कुरालाई देखाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

सचेतक बरालले पर्यटनमार्फत मुलुकको समृद्धको सम्भावना अधिक रहेपनि त्यस क्षेत्रको काममा दक्षता अभिवृद्धिका लागि स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको गुनासो पनि गरिन् ।



प्रतिक्रिया दिनुहोस !