२ कार्तिक २०८१, शुक्रबार

आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुल्न थाले

प्रकाशित मिति :  15 June, 2024 8:56 am


काठमाडौँ। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्दा थादेपछि आजदेखि चारै ढोका खुला गर्न थालिएको छ । अबदेखि बिहान ४ बजेदेखि नै चारै ढोका खुला रहने पुशपति क्षेत्र विकास कोषले जनाएको छ।

महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएकोमा अब चारै ढोका सँगै खुल्ने भएपछि दर्शनार्थीलाई राहत हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस !