८ मंसिर २०८१, शनिबार

चार प्रदेशमा आइतवार हल्कादेखि मध्यम वर्षा हुने

प्रकाशित मिति :  16 June, 2024 6:55 am


काठमाडौँ। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

आइतवार बिहानीपख कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना भने नरहेको देखिएको छ । तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !