६ माघ २०८१, आइतबार

मुस्लिम धर्मावलम्वीहरुले मनाए बकर इद

प्रकाशित मिति :  17 June, 2024 9:55 am


काठमाडौँ । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् ।

काठमाडौंको जामे मस्जिद लगायतका विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्वीहरुको भीड छ । उनीहरुले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !