संसद वैठकमा आज पनि बजेटमाथि छलफलले निरन्तरता पाउने
प्रकाशित मिति : 18 June, 2024 7:38 am
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बिहान ११ बजे बस्दैछ । बैठकमा निरन्तर जारी विनियोजन विधेयकमाथिको चल्नेछ ।
आजको वैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।