६ माघ २०८१, आइतबार

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

प्रकाशित मिति :  18 June, 2024 10:12 am


सांकेतिक फाेटाे

लमजुङ । सोमबारदेखि निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

लमजुङको बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

सडक खुलाउन प्रहरी टोली परिचालन भएता पनि लगातारको वर्षाले पहिरो पन्छाउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु अलपत्र परेका छन् ।



प्रतिक्रिया दिनुहोस !