कृषि विश्वविद्यालय र एफएओ नेपालबिच सम्झौता
काठमाडौँ। कृषि तथा वन विश्व विद्यालय र संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन एफएओबिच नेपालको कृषि क्षेत्रको विकासका लागि संयुक्त कार्यका लागि सम्झौता भएको छ ।
एफएओका नेपाल तथा भुटानका प्रमुख केन शिमिजु र कृृषि तथा वन विश्व विद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीबिच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
प्रधानमन्त्री तथा विश्व विद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा चितवनमा दीर्घकालीन सहकार्यका लागि द्वीपक्षीय समझदारीपत्र हस्ताक्षर गरिएको हो ।
संयुक्त रुपमा कृषिका परियोजना तयारी तथा कार्यान्वयन, शैक्षिक विकासका अनुसन्धानमुलक ज्ञानको आदानप्रदान, अनुसन्धात तथा प्रविधिसमेतका सूचना आदानप्रदान लगायतका कार्य गर्दै कृषि तथा खाद्य प्रणाली सुदृढीकरणका लागि दुबै पक्षले अध्ययन अनुसन्धानमुलक कार्यक्रमलाई तिब्रता दिने विषय समझादीपत्रमा समेटिएका छन् ।
यो समझदारीलाई आधार मानेर अध्ययन, अनुसन्धान, नीति निर्माण तथा कार्यान्वयनसमेतका कार्य गर्दै कृषि तथा वन क्षेत्रको प्रवद्र्धनका समझदाी एक कोषेढुंगा सावित हुने अपेक्षा सम्झौतारत पक्षको छ ।