८ माघ २०८१, मंगलबार

मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

प्रकाशित मिति :  18 June, 2024 3:59 pm


काठमाडाैँ । जनता समाजवादी पार्टीकि सांसद रञ्जुकुमारी झाले मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गरेकी छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताइन्। उनले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताइन् । उनले मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गरिन् ।

“गृहमन्त्रीलाई अस्ति एनजिओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु । र गृहमन्त्रीले सय दिनको समिक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो कामपनि गरेको छैन । त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु । कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो । त्यो राम्रो कुरा होइन,” उनले भनिन् ।

उनले उपराष्ट्रपतिको पदलाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा ल्याउन संविधान संशोधन गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !