११ आश्विन २०८१, शुक्रबार

अध्यक्ष ठाकुरको प्रश्नः जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?

प्रकाशित मिति :  18 June, 2024 5:54 pm


शुभकामना सन्देश दिँदै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुर नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरूमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरू अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजिवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले पुराना पार्टीहरू हतियार उठाएरै आएपनि उनीहरूमाथि कुनै मुद्दा नभएको बताए । माओवादीहरू जनयुद्धमा हतियार उठाएर आएपनि उनीहरु प्रति कुनै मुद्दा नभएको भन्दै मधेशीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गरे ।

उनले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरु कुनै नयाँ घटना नभएका बताए ।



प्रतिक्रिया दिनुहोस !