११ आश्विन २०८१, शुक्रबार

सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

प्रकाशित मिति :  18 June, 2024 6:47 pm


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरू उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । उनले सभाको नियमावलीमा सांसदहरूले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताए ।

अध्यक्ष दाहालले सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको तर जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भई जवाफ दिने अभ्यास प्रभावकारी नभएको बताए ।

अध्यक्ष दाहालले सभामा उठेका विषयहरूको समयमै जानकारी लिई तोकिएकै समयमा सभामा जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !