६ माघ २०८१, आइतबार

गर्मीले बेहोस भएका पुरुषको मृत्यु

प्रकाशित मिति :  19 June, 2024 8:10 am


धनगढी । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका-१६ का ५३ वर्षीय बलराम मग्राठीको उपचारको क्रममा मृत्यु भएको छ ।

धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी असार २ गते अत्यधिक गर्मीका कारण बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिए ।

धनगढीमा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा मंगलदेखि तीन दिन बिदा दिइएको छ । गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो । मंगलबार धनगढीको अधिकतम तापक्रम ४३ दशमलव एक डिग्री सेल्सियस मापन गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !