संसद भवनभित्रको शौचालयमा प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
प्रकाशित मिति : 19 June, 2024 9:57 am
काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।
दोलखा घर भएका प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत अवस्थामा फेला परेका हुन् ।
स्रोतका अनुसार बिहान ६ बजेदेखि ड्यूटीमा खटिएका अजितले शौचालय भित्र पसेर आफैले निधारमा गोली हानेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।