३१ भाद्र २०८१, सोमबार

पुतलीबजार नपाद्वारा ‘पालिकासँग असम्बन्धित’ पुस्तक खरिद, नियम विपरित भन्दै महालेखाले सचेत बनायाे

कांग्रेसका पूर्व संसाद खग्रेन्द्र रेग्मीद्धारा लिखित 'मेरो जीवनयात्रा यातना र पीडाको कथा' पुस्तक खरिदमा ५० हजार रुपैँया खर्च
प्रकाशित मिति :  22 June, 2024 7:24 am


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले पालिकासँग असम्बन्धित पुस्तक खरिदमा ६० हजार रुपैयाँ अनियमिता गरेको खुलेको छ ।

महालेखा परिक्षककाे कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पालिकाले नेपाली कांग्रेसका पूर्व संसाद खग्रेन्द्र रेग्मीद्धारा लिखित ‘मेरो जीवनयात्रा यातना र पीडाको कथा मा ५० हजार र गर्न सिकौँ मेल (बालगीत तथा कविता सङ्ग्रह) खरिद गर्दा १० हजार गरेर ६० हजार रुपैयाँ अनियमिता गरेको उल्लेख गरेकाे छ।

अर्थ मन्त्रालयबाट जारी भएको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ को दफा ६ (३) मा सरकारी निकायको कामसँग सम्बन्धित पुस्तक तथा पत्रपत्रिका मात्र खरिद गर्न पाइने व्यवस्था छ । तर पालिकाले खरिद गरेको उक्त पुस्तकहरू कार्यालयसँग सम्बन्धित रहेको भन्ने स्पष्ट आधार नदेखिएको प्रतिवेदनले जनाएको छ ।

पालिकाले खरिद गरेको पुस्तक मेरो जीवनयात्रा यातना र पीडाको कथाका लेखक रेग्मी स्याङ्जा कांग्रेसका पूर्वसभापति एवं पूर्व सांसद हुन्। उक्त पुस्तकमा उनले आफ्नो राजनीतिक एवं सामाजिक यात्रालाई समेटेका छन् ।

पालिकाका नगरप्रमुख तुलसीराम रेग्मी पनि गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचनमा विजय भएका हुन्। राजनीतिक सदासयता राख्न नियमविपरित ५० हजारकाे पुस्तक खरिद गरेको देखिएकाे हाे।

यस विषयमा जिज्ञासा राख्दा नगरप्रमुख रेग्मीले पालिकामा निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक संर्घष गर्दै आएकाले उक्त पुस्तक किनेर सम्पूर्ण वडा वडा वितरण गरेको बताए । अनियमिता भएकाे स्विकार्दै उनले आउँदो दिनमा यस्ता खर्च गर्दा नियम अनुरूप खर्च गर्ने बताए।



प्रतिक्रिया दिनुहोस !