२३ भाद्र २०८१, आइतबार

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा शुभारम्भ

प्रकाशित मिति :  19 June, 2024 5:49 pm


काठमाडौँ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोवाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका हुन् ।

यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नु पर्ने समस्या हटेर गएको उनले उल्लेख गरे । समय र प्रविधिको बिकास अनुसार सेवालाई परिमार्जित गर्नुपर्ने बताउँदै उनले अस्पतालले नयाँ अभ्यासको सुरुवात गर्नु आफैँमा सकारात्मक भएको बताए ।

सरकारले समेत प्रविधिको प्रयोग गरी सबै स्वास्थ्य संस्थाहरूमा मन्त्रालयको कोठामै बसेर अनुगमन र मुल्याङ्कन गर्ने प्रविधिको सुरुवात गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !