ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने
काठमाडाैँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन् ।
बुधवार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम सार्वजनिक पछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यस्तो बताएक हुन् ।
उनले ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेको बताए । उनले ललितपुर महानगरभित्रका सम्पदामा कसैले आँच नपुग्नेगरी काम गर्न पाइने नीति लिएको बताए । उनले वातावरणको क्षेत्रमा पनि कायपलट हुनेगरी काम गर्नेगरी नीति ल्याएको बताए।
उनले ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगैँचाहरुको विकास गर्ने नीति लिएको बताए । उनले ललितपुर महानगरपालिकाले डेगुको भ्याक्सिन ल्याउने कोशिस गर्ने बताए । उनले ललितपुर महानगरपालिकाभित्र सडक सञ्चाललाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरु बनाउने योजना बनाउने नीति लिएको बताए ।
उनले चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएको बताए । उनले खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प पनि खोज्ने पक्षमा महानगर रहेको बताए ।