रैथाने खाद्यान्नको संरक्षण र प्रवद्र्धन आवश्यकः उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएकी छन् । बिहीवार काठमाडौँमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण रैथाने बालीहरू मासिँदै गएको बताएकी हुन् ।
उनलेआधुनिकतामा बढी रुमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताइन् । उनले नेपाल आउने पर्यटकहरुलाई स्थानीय खानेकुराहरूले स्वागत गर्नुपर्ने बताउँदै स्थानीय खानेकुराको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताइन् ।
उनले भने,”अहिले आधुनिकतामा ढल्किने हिसावले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ । हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरुलाई हामीले बिर्सिरहेका छौँ । सरकारले रैथाने खानेकुरालाई प्रवद्र्धन गर्नुपर्छ । हाम्रा हिमाल र पहाडहरुमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन् ।”