२ कार्तिक २०८१, शुक्रबार

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

प्रकाशित मिति :  21 June, 2024 8:21 am


काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम दिवस मनाइँदैछ ।

नेपालमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर योग दिवस मनाइएकोमा आज मुल कार्यक्रम हुँदैछ ।

देशभर दिवस मनाउन मन्त्रालयले सातै प्रदेश तथा स्थानीय तहमा योग दिवस मनाउन पत्राचार गरिएको थियो ।

सन् २०१५ को जुन २१ देखि योग दिवस मनाउन थालिएको हो ।



प्रतिक्रिया दिनुहोस !